arrow

यति एयरको जहाजमा समस्या देखिएपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
yeti-airlines-9nahw.jpg

पोखरा । यति एयरलाइन्सको जहाजको इञ्जिनमा समस्या देखिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको ६ मिनेटमा नै जहाज पुनः पोखरा नै फर्काइएको छ ।

विमानस्थल श्रोतका अनुसार उड्ने बित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए । 

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको छ ।

सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो । उक्त जहाजमा ४५ जना यात्रु थिए ।

सुवेदीका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो । टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ