arrow

अब खादा प्रयोग गर्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
khada.jpg.jpeg

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा खादा प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।

आजभोलि सार्वजनिक कार्यक्रममा होस वा स्वागत सत्कार गर्ने काममा खादा लगाउने प्रचलन बढ्दै गएको छ । तर आरुघाट गाउँपालिकाले भने कार्यपालिकाको वैठकले नै यो निर्णय गरेको हो ।

साउन १० गतेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र हुने सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय भएकोले सोही अनुसार गर्न गराउन आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटद्वारा जारी सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ