arrow

छ रेक्टर स्केलको भूकम्पले हल्लायो नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
earthquake-final.jpeg

काठमाडौं । देशमा लामो समयपछि ठूलो भूकम्प गएको छ । आज बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रबिन्दू भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसको असर देशभर नै परेको छ । यो भूकम्पले देशभरमै असर गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ठूलो भूकम्प गएकाले त्यसको महसुस जताततै परेको हो । 

यो भूकम्प नयाँ हो वा २०७२ सालको गोरखा भूकम्पको पराकम्पन हो भन्ने अझै खुलेको छैन । केन्द्रले यसलाई पछि छुट्याउने जनाएको छ । 

लामो समयपछि ठूलो झड्का दिएकाले त्रास बढाएको छ । यसको क्षतिको विवरण भने आउन बाँकी नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ