arrow

राजाले गल्ती सुधार्न नपाउने भन्ने हुँदैन : रवीन्द्र मिश्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
rabindra_mishra.jpg

काठमाडौं ।  विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहले गल्ती सुधार्न नपाउने भन्ने कुरा नहुने बताएका छन् । मिश्रले नेताले दिनदिनै गल्ती गर्न देश दोहन गर्न हुने, राजाले गल्ती सुधार्न नपाउने भनेका छन् । 

यसअघि मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलई एक दिन राजाको रूपमा देख्न चाहेको बताएका थिए । मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई छोडेर नाति हृदयेन्द्रलाई गद्दी सिधै नातिमा जाने कुरा नगरेको उल्लेख गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन् ,' मैले राजा ज्ञानेन्द्रलाई छोडेर गद्दी सिधै नातिमा जाने कुरा गरेको छैन। नेताले दिनदिनै गल्ती गर्न/देश दोहन गर्न हुने, राजाले गल्ती सुधार्न नपाउने भन्ने हुँदैन।'

शनिवार पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकामना दिँदै  मिश्रले हृदयेन्द्र राजा भएको हेर्ने इच्छा व्यक्त गरेका थिए । 

उनले लेखेका छन्,' २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्‍याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलो चाँडो नराम्रो सङ्कटमा फस्छ-फस्छ। त्यसैले, सङ्कटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ सांसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ