arrow

नागरिकता विधेयक प्रमाणित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् । 

विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । 

सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ