- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा गएराति पहिरोले घर पुरिएको छ ।
सो पहिरोमा पुरिएर एक जनाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २६ वर्षका सन्तोष सुनार रहेका छन् ।
पहिरोमा परी २६ वर्षकी सुनिता सुनार र १० वर्षकी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल केलजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अविरल वर्षापछि घर माथिबाट आएको पहिराले टिनको छानो भएको घर पुरिएको हो ।
घाइते सुनितको अवस्था मध्यम र सिम्रन अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार राति १ बजे तिर भएको घटनामा प्रहरीले माटो फालेर उनीहरुको उद्धार गरेको थियो ।