arrow

महिला युरोकपको उपाधि इङ्गल्याण्डलाई, जर्मनी उपविजेता  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
euro-cup-football-women-2022-england.jpg

काठमाडौं । महिला युरोकप २०२२ को उपाधि इङ्गल्याण्डले जितेको छ । वेम्बलीको घरेलु मैदानमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इङ्गल्याण्ड च्याम्पियन बनेको हो ।

इङ्गल्याण्डलाई जिताउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल गरिन् । ६१ मिनेटसम्मको गोलको खडेरी पुर्दै ६२ औं मिनेटमा टोनीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएकी थिइन् ।

७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलमा केलीले ११० औं मिनेटमा उपाधि गोल गरिन् । 

इङ्गल्याण्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको हो ।

सेमिफाइनलमा इङ्गल्याण्डले स्वीडेनलाई ४–० ले तथा जर्मनीले फ्रान्सलाई २–१ ले हराएको थियो । त्यस्तै क्वार्टरफाइनलमा इङ्गल्याण्डले स्पेनलाई २–१ ले तथा जर्मनीले अष्ट्रियालाई २–० ले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ