arrow

युक्रेनको अन्न बोकेको पहिलो जहाज रुस जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
black-sea-russia.jpg

काठमाडौं । आज युक्रेनको अन्न बोकेको पहिलो जहाज रुस जाँदै छ। रुस युक्रेन युद्धकाबीच दुवै देशले खाद्यान्न ढुवानीको सम्झौता गरेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ब्ल्याक सी हुँदै खाद्यान्नको निर्यात आगामी दिनमा शुरु हुने बताएका थिए ।

योसँगै खाध्यन्न बोकेको पहिलो जहाज आज युक्रेनबाट रुस प्रस्थान गर्नेछ आगामी दिनमा सामुद्रिक खाद्यान्न ढुवानी शुरु भएसँगै बढ्दो विश्वव्यापी खाद्य सङ्कटमा केही राहात पुग्नेछ। 

एर्दोगानले टर्कीले युक्रेन सङ्कट कूटनीतिक तवरबाट समाधान गर्ने प्रयास जारी राख्ने पनि बताएका छन् ।"हामी रुस र युक्रेन बीच शान्ति सुनिश्चित नभएसम्म कूटनीतिक प्रयास जारी राख्न संकल्पित छौं। निकट भविष्यमा हामी वार्ता र सबै तहका सम्पर्कहरू सहित उत्साहजनक समाचार प्राप्त गर्ने आशा गर्दछौं, "टर्कीका राष्ट्रपतिले भने। 

यसैबीच, एक उच्चस्तरीय संयुक्त राष्ट्रसङ्घ व्यापार अधिकारीले युक्रेनसँगको सम्झौतापछि खाध्यन्न निर्यातमा परेका अवरोधहरू बुझ्न विश्व निकायले युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र रुसका साझेदारहरूसँग सम्पर्कमा रहने बताएका छन् ।्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ