arrow

लादेनका परिवारबाट रकम लिएको खुलेपछि विवादमा फसे चार्ल्स

लादेनका परिवारबाट १० लाख पाउण्ड लिएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Prince-charles.jpg

काठमाडौं ।  बेलायती राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) ले  ओसामा बिन लादेनका परिवारबाट पैसा लिएको खुलासा भएको छ । बेलायती अखबार ‘द सन्डे टाइम्स’का अनुसार चार्ल्सको च्यारिटेबल ट्रस्टले ओसामा बिन लादेनका दुई जना आफन्तबाट  १० लाख पाउण्ड लिएको छ । 

खुलासा भएसँगै राजकुमार चार्ल्स ठूलो विवादमा फसेका छन् । अखबार ‘द सन्डे टाइम्स’ले चार्ल्सले बिन लादेनका आफन्तबाट  पैसा लिनु आश्चर्य भएको लेखेको छ । च्यारिटीलाई आर्थिक सहयोग गर्ने दुई व्यक्तिको नाम बकर बिन लादेन र शफिक रहेको छ । 

उक्त रकम नलिन राजकुमारका सल्लाहकारहरूले आग्रह गरेका थिए तर उनले यो सल्लाहलाई मानेनन्।

यसअघि राजकुमार चार्ल्समाथि बेलायती गुप्तचर निकायको निशानामा रहेका दुई साउदी नागरिकबाट परोपकारी रकम लिएको आरोप लागेको थियो ।

राजकुमारले यो पैसा लिएका दुई वर्षअघि अमेरिकी नेवी सीलका कमाण्डोहरूले पाकिस्तानको एबटाबादमा बिन लादेनलाई मारेका थिए।  

त्यति बेलासम्म बेलायतमा बिन लादेनको नेटवर्कको बारेमा बेलायतमा अनुसन्धान चलिरहेको थियो ।  यस्तो अवस्थामा पनि राजकुमारले यो पैसा किन लिए ? के उनीहरूलाई अवस्था थाहा थिएन ? भन्ने प्रश्न उठेको छ ।

उक्त रकम प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड को खातामा जम्मा गरिएको थियो ।  पैसा राजकुमार आफैले प्रयोग गर्दैनन् तर कोष २०१३ मा प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड को खातामा जम्मा गरिएको थियो।

फण्डका अध्यक्ष इयान हेशिरका अनुसार यो राजकुमारको एक्लै निर्णय थिएन । सबै पाँच सदस्यहरू  कोष लिन सहमत भएका थिए । यस विषयमा राजकुमार आफैँले अहिलेसम्म कुनै प्रतिक्रिया वा स्पष्टीकरण दिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ