arrow
ADVERTISEMENT

लादेनपछि मारिए अल कायदाका प्रमुख, बाइडेनले गरे पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
ayman-al-.jpg

काठमाडौं । ओसामा बिन लादेन पछि आतङ्कवादी सङ्गठन अल कायदाका प्रमुख अयमान अल जवाहिरीलाई अमेरिकाले समाप्त पारेको  छ ।  

अफगानिस्तानको राजधानी काबुलमा शनिवार अमेरिकाले अल कायदा प्रमुख  जवाहिरीको हत्या गरेको अमेरिकी राष्ट्रपति जो बाइडेन पुष्टि  गरेका छन् ।  

अल-कायदाका नेता अयमान अफगानिस्तानमा सीआईएले गरेको ड्रोन आक्रमणमा मारिएका हुन् । 

सोमबार साँझ आफ्नो सम्बोधनमा राष्ट्रपति बाइडेनले भने, 'न्यायको जित भएको छ। काबुलमा भएको हवाई हमलामा अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ ।' अमेरिकी जनतालाई खतरा बने जो कसैलाई पनि खोजेर मारिने चेतावनी बाइडेनले दिएका छन् । 

अल जवाहिरीको हत्यापछि अब अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले आफ्नो वेबसाइटमा अयमान अल जवाहिरीको प्रोफाइल तस्बिर सार्वजनिक गरेको छ । जसको क्याप्सनमा ‘मृतक’ लेखिएको छ ।

सन् २०११ मा ओसामा बिन लादेनको हत्यापछि अलकायदाका लागि यो सबैभन्दा ठूलो क्षति हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ