arrow

चिनियाँ लडाकु विमानको घेरा तोड्दै अमेरिकी सभामुख पेलोसी ताइवानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
Nancy-Pelosi-china-taiwan.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान पुगेकी छिन् । चिनियाँ चेतावनीबीच पेलोसी ताइवान उत्रिएकी हुन् । चीनले पेलोसीको ताइवान भ्रमणलाई लिएर चेतावनीमात्र दिएको छैन ताइवान स्ट्रेटलाई विभाजित गर्ने मध्यरेखाको नजिक थुप्रै चिनियाँ लडाकु विमानहरुले उडान भरेका थिए । 

चीनले आफ्नै हिस्सा मान्दै आएको ताइवानमा सभामुख पेलोसीको भ्रमण नगर्न चेतावनी दिए पनि अमेरिकाले सोमबार चिनियाँ ‘साब्रे रैटलिङ’ (सैन्य बल प्रदर्शन) बाट नडराउने टिप्पणी गरेको थियो ।

मंगलबार संवेदनशील जलमार्गको मध्यरेखा नजिकै उडान गर्ने चिनियाँ विमानहरू बाहेक धेरै चिनियाँ युद्धपोतहरू सोमबारदेखि नै चीन र ताइवानलाई छुट्याउने अनौपचारिक विभाजन रेखा नजिक तैनाथ रहेका थिए ।

उक्त खतरालाई चिर्दै पेलोसी ताइवान पुगेकी हुन् । 

पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साई इंग वेनलाई भेट्नेलगायत उनका प्रमुख कार्यक्रम बुधबारका लागि तय गरिएको छ । उनको प्रतिनिधिमण्डल बुधबार ताइवान आइपुग्ने बताइएको छ ।

पेलोसी ताइपेइको ग्राण्ड हायात होटलमा बस्नेछिन् । 
 
लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ