arrow

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

logo
रासस
प्रकाशित २०७९ साउन १८ बुधबार
pakistan-map-geo.jpg

इस्लामावाद । बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ ।

देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् ।

हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।  

मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ