arrow

श्रीलङ्काका सरकारी कार्यालयहरू शुक्रबार पनि खुला हुने

logo
रासस
प्रकाशित २०७९ साउन १८ बुधबार
srilanka-flag.jpg

कोलम्बो । श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् ।  शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो । 

अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्ष सहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । 

त्यसैगरी व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाँडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रबारदेखि नै यो निर्णय कार्यान्वयन हुने जानकारी दिए ।  

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरि इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ