arrow

चीन ताइवान तनाव - २१ चिनियाँ सैन्य विमान छिरे ताइवान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
china-fighter-plane.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी मङ्गलवार राति ताइवान उत्रिएसँगै चीन र अमेरिकाबीचको तनाव बढेको छ । पेलोसी चीनको धम्कीलाई बेवास्ता गर्दै त्यहाँ पुगेकी हुन् ।

स्वतन्त्र टापु मुलुक ताइवानमाथि  चीनले दाबी गरिरहेको छ । चीनले पेलोसीको ताइवान भ्रमणमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । पेलोसी २५ वर्षमा ताइवान भ्रमण गर्ने एक प्रमुख अमेरिकी अधिकारी हुन् । 

भ्रमणसँगै चीनले लक्षित सैन्य कारबाही गर्ने योजना बनाएको छ । चीनले १ अर्ब ४० करोड चिनियाँ नागरिकबाट शत्रुता लिएको नतिजा राम्रो नहुने भन्दै गम्भीर आपत्ति जनाएको छ ।

पेलोसीको विमान ताइपेईमा अवतरण गरेको केही मिनेटपछि चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान वरपरको पानीमा छ वटा लाइभ-फायर सैन्य अभ्यास गर्ने घोषणा गर्‍यो । जुन बिहीबारदेखि आइतवरसम्म हुने तय भएको थियो। 

लगत्तै २१ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा पहिचान क्षेत्रको दक्षिण पश्चिममा उडेको छ । सोको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

रक्षा मन्त्रालयले ट्विटरमा लेखेको छ: '२१ पीएलए विमानहरू ताइवानको दक्षिणी भागमा प्रवेश गरे।' 

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चीनको सैन्य विमानको जवाफमा ताइवानले हवाई गस्ती सञ्चालन गरेको जनाएको छ । 

रेडियो चेतावनीहरू पठाइएको छ र चिनियाँ सैन्य विमानहरू ट्र्याक गर्न रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरिएको छ।

पेलोसी ताइवान उत्रिसकेपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘पेलोसीको भ्रमणले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको र यसले चीन-अमेरिका सम्बन्धको राजनीतिक जगमा गहिरो असर पुग्ने’ प्रतिक्रिया दिएको छ। 

न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई इन्डो-प्यासिफिक क्षेत्रमा चीनको खतराको सामना गर्न अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलको भ्रमणको रूपमा हेरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ