arrow

प्राइम बैङ्कको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
prime-bank.jpg.jpeg

काठमाडौँ। प्राइम कमर्सियल बैङ्क लिमिटेडले प्राइम धन वृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धन वृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धन वृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ।

प्राइम धन वृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरूका लागि, प्राइम धन वृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धन वृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरूका लागि लक्षित गरी सञ्चालनमा ल्याएको हो।

बैङ्कका अनुसार ग्राहकहरूले यी मुद्दती खाताहरूमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धन वृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धन वृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धन वृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ।

प्राइम धन वृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धन वृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताहरूले १८ घातक रोगका विरुद्ध बिमा (१० लाख), दुर्घटना बिमा (१० लाख) तथा स्वास्थ्य बिमा (१ लाख सम्म) प्राप्त गर्न सक्नेछन् भने आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ