arrow
ADVERTISEMENT

युक्रेनको आणविक केन्द्र रुसको नियन्त्रणमा, आणविक दुर्घटना हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
vladimir-putin-nuclear-war-928391.jpg

काठमाडौं । युक्रेनको आणविक ऊर्जा केन्द्र रुसको नियन्त्रणमा रहेको छ । सो आणविक केन्द्रलाई रुसी सेनाले गत मार्चको शुरुमा कब्जा लिएको थियो ।

उक्त आणविक केन्द्र युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको बताइएको छ । सो आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताइएको छ । 

ऊर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई अनुरोध गरेका छन् । 

रुसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिण पूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले बताएका छन् । 

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए ।

 उनले केन्द्र नजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए । आणविक दुर्घटना हुनबाट रोक्न जापोरिज्ज्या केन्द्रको निरीक्षण आवश्यक भएको ग्रोसीको कथन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ