arrow

बम विस्फोटनका घाइतेको पोखरामा उपचार, मन्त्री र प्रहरी प्रमुखले भेटे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
ghaite.jpg

पोखरा । मुस्ताङमा बम विस्फोट हुँदा घाइते भएकामध्ये दुई युवाकाे पोखरामा उपचार जारी छ । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ तेताङमाथिको प्याङ भन्ने उच्च लेकको ओढारमा मंगलबार साँझ करिब ५ बजेतिर जिम्बु टिप्ने क्रममा बम विस्फोट हुँदा चार युवा घाइते भएका थिए । 

घाइते हुनेमा म्याग्दीको मालिका गाउँपालिका वडा नं. ३ का २२ वर्षीय रेश रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते छन् । 


उनीहरुमध्ये तेजेन्द्र र दिलीपको पोखरास्थित गण्डकी मेडिकल कलेज र रेश र टिकाको म्याग्दीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

बम पड्किएर घाइते भएकामध्ये सुरेश मगरको दुबैतर्फको हातको औलामा क्षति पुगेको छ । उनको बायाँतर्फको हातको तीन वटा औंलासमेत नरहेको अस्पतालले जनाएको छ । रेश रोक्कागमरको दुबै खुट्टाको घुँडाको तलको भाग जलेको छ ।

यस्तै, टिका बुढामगरको गर्दन र बायाँ खुट्टा जलेको छ भने दिलिप रोक्कामगरको अनुहारदेखि तलसम्मको भाग जलेको बताइएको छ । रेश र टिकाको जिएमसीको आइसियूमा राखेर उपचार भइरहेको छ । 

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले घाइतेलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार बिहान गण्डकी मेडिकल कलेजमा सहभागी भएर मन्त्री विश्वकर्माले उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री विकको साथमा गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी पनि सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ