arrow

तोरी पेल्ने मिल विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
tori mil.jpg

तनहुँ । कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपर्थ्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको छ । 

विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्ने पहिलो व्यक्ति थिए व्यास नगरपालिका वडा नं. ४ का आशकुमार श्रेष्ठ । 

अन्य महिनामा बीस/पच्चीस जना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुई/तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउछन् । 

युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उनको भनाइ छ । 

पहिला पहिला बिहानदेखि रातिसम्म ८/९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा अहिले मुस्किलले दुई जना छन् ।

सञ्चालन श्रेष्ठ भन्छन्,“भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।” 

पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ ।

पछिल्लो समयमा गाउँ-गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको संख्या घट्दै गएका हुन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ