arrow

आमाको नाममा नागरिकता दिन अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७३ भदौ १५ बुधबार
nagarikta.png
काठमाडौं । नयाँ संविधानअनुसार आमा वा बुबाको नामबाट सहज रुपमा नागरिकता बन्नुपर्ने हो । तर बाँके प्रशासनले नागरिकता सम्बन्धी ऐनलाई देखाएर आमाको नाममा नागरिकता दिन अस्वीकार गरेको छ ।
 
संविधानको धारा ११ को उपदफा २ को देहाय १ ले संविधान प्रारम्भ हुँदाका बखतदेखि नागरिकता सम्बन्धी व्यवस्था लागू हुने भनेको छ । तर स्थानीय प्रशासनले नागरिकता ऐन २०६३ लाई आधार मान्दा बागेश्वरी २, खजुराकी १९ वर्षीय रुथ घर्तीमगर नागरिकता पाउनबाट वञ्चित भएकी छिन् ।
 
उनकी आमा कमलाको वंशजको आधारमा नागरिकता छ । दिदी निर्मलाको पनि नागरिकता बनेको छ । तर रुथ भने आमाको नामबाट नागरिकता बनाउन महिनौंदेखि प्रशासन धाइरहेकी छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ