arrow
ADVERTISEMENT

राष्ट्रसंघका महासचिवले भने- एक चीन नीतिको पालना गर्छौं

पेलोसीको ताइवान भ्रमणले तनाव सृजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
antonio_guterres-us-general-secretary.jpg

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएक छन्।

बुधबार उनले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पारेका छन्।

युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे स्पष्ट पारेका हुन् ।

"हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालत हुन्छ," गुटेरेसले भने।
 
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा प्रस्ताव २७५८ पारित गरेको थियो जसले संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको वैध अधिकार पुनर्स्थापित गर्दै पीआरसी सरकारका प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघमा चीनको एक मात्र वैध प्रतिनिधिको रूपमा मान्यता दिने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ