- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। चीन-ताइवान तनाव बढ्दो छ । सैन्य अभ्यास सुरु गरेको चीनले अहिलेसम्म ताइवानको भूमि वरपर ११ वटा मिसाइल प्रहार गरिसकेको जनाइएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक मिसाइल प्रक्षेपण गरेको बताइएको छ।
ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्। ताइवानको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने चीनले तय गरेको छ ।
ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको ताइवानको भनाई छ । चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ।
चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना रहेको छ। जसका कारण दुई देशबीच हवाई टक्कर हुनसक्छ ।
चीनको चेतावनीका बाबजुत अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि तनाव उत्पन्न भएको हो ।
सोही भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यसैबीच अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ ।
यता चीनले प्रहार गरेका पाँचवटा चिनियाँ मिसाइल आफ्नो विशेष आर्थिक क्षेत्रमा खसेको भन्दै जापानले आपत्ति जनाएको छ। जापानले कूटनीतिक च्यानलमार्फत कडा रूपमा प्रतिवाद गरेको हो ।