arrow

पीओकेमा प्रहरीद्वारा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली प्रहार

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन २० शुक्रबार
pok-kashmir-pakistan.jpg

पुन्च। पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) को पुन्च क्षेत्रमा सुरक्षा बलहरूले उनीहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा धेरै प्रदर्शनकारीहरू घाइते भएका छन्। उक्त घटनामा कम्तीमा ६५ स्थानीयलाई अहिलेसम्म पक्राउ गरिएको छ र ती मध्ये ३० जनालाई आतङ्कवादी कानून अन्तर्गत मुद्दा लगाइएको स्रोतले जनाएको छ।

उच्च मुद्रास्फीति र पाकिस्तानी अधिकारीहरूले आधारभूत मानव अधिकारको वास्ता नगरको विषयलाई लिएर पीओके व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्। पुन्चको पागली क्षेत्रमा स्थानीयहरूले मुख्य राजमार्गमा अवरुद्ध गरेर विरोध प्रदर्शन गरिरहेका थिए। राजमार्ग अवरुद्ध गरेको भन्दै पाकिस्तानी सुरक्षा बल र स्थानीय पुलिसले उनीहरूलाई तितरबितर गर्न अन्धाधुन्ध गोली चलाएको थियो। तीमध्ये धेरै गम्भीर घाइते भएका छन् र मृतकको सङ्ख्या अधिकारीहरूले खुलासा गरेका छैनन्।

‘प्रहरीले हामीमाथि सीधा गोली चलाएकोले यो राज्यको आतङ्कवाद हो। यसको हामी घोर भर्त्सना गर्दछौँ। के हाम्रो आधारभूत अधिकारको लागि आवाज उठाउनु अपराध हो? म स्थानीय युवाहरूलाई ठूलो सङ्ख्यामा भेला हुन र राज्यको अत्याचारको उचित जवाफ दिन अनुरोध गर्दछु,' एक स्थानीयले भने।

पागली क्षेत्रका बासिन्दाले राज्यको अत्याचारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। पीओकेका जनतालाई आधारभूत अधिकारबाट वञ्चित गरिएको छ र उनीहरूले उच्च मुद्रास्फीति, कमजोर शिक्षा र स्वास्थ्य सुविधाहरू जस्ता धेरै चुनौतीहरूको सामना गरिरहेका छन्।

उनीहरूले आफ्नो मौलिक हकको लागि आवाज उठाउँदा सुरक्षा निकायहरूले असहमतिलाई थुनाउन क्रूर बल प्रयोग गर्छन्।

गत हप्ता पीओकेका धेरै भागहरूमा दर्जनौँ आक्रोशित बासिन्दाहरूले इस्लामाबादको कठोर नीतिहरूका कारण स्थानीयहरूको आर्थिक हितमा चोट पुर्‍याइरहेको भन्दै सडकहरू अवरुद्ध गरे। पीओकेका ४० लाख बासिन्दाहरूलाई कहिल्यै एक शब्द बोल्न र उनीहरूको राजनीतिक र सामाजिक-आर्थिक गुनासोहरू सम्बोधन गर्न अनुमति दिइएको छैन।

यसको उच्च बेरोजगारी दर, कमजोर पूर्वाधार, र स्रोतहरूको अभावले यसका नागरिकहरूलाई पाकिस्तानका ठूला सहरहरूमा बसाइँ सर्ने बाध्य पार्छ जहाँ उनीहरूलाई कामदार, होटेलहरूमा क्लिनर, ड्राइभर, इत्यादिको रूपमा मात्रै मामुली कामहरू दिइन्छ।

एसियन लाइट इन्टरनेशनलले रिपोर्ट गरेको छ, पाकिस्तानले आफ्नो औपनिवेशिक राज्यमा मानिसहरूलाई जीवित राख्नको लागि आवश्यक न्यूनतम उपलब्ध गराउन पनि असमर्थ छ।

काश्मीर-पीओके र कश्मीरमा कोषको आवंटन र विकास परियोजनाहरूमा भिन्नताले दुई कश्मीरको कथालाई स्पष्ट रूपमा वर्णन गर्दछ। यस आर्थिक वर्षको सुरुमा, भारतले जम्मु र कश्मीर केन्द्र शासित क्षेत्रका लागि १३.३३ बिलियन अमेरिकी डलरको बजेट प्रस्तुत गरेको थियो। नयाँ दिल्लीले जम्मू-कश्मीरलाई पीओकेका लागि इस्लामाबादले छुट्टाएको भन्दा झण्डै पाँच गुणा बढी रकम छुट्टाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ