arrow
ADVERTISEMENT

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि लगायो प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
Nancy-Pelosi-china-taiwan.jpg

काठमाडौं । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको नजिकको परिवारमाथि अनिश्चित प्रतिबन्धहरूको घोषणा गरेको छ। चीनले विरोध गर्दै आएको ताइवानको भ्रमण गरेपछि त्यसको प्रतिक्रिया स्वरुप चीनले प्रतिबन्ध लगाएको हो । यसअघि नै चीनले ताइवान वरपर सैन्य अभ्यास जारी राखेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पेलोसीले चीनको चिन्ता र दृढ विरोधलाई बेवास्ता गर्दै ताइवान भ्रमण गरेको उल्लेख गरेको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ भने यसमा कुनै पनि विदेशी सरकारको संलग्नताको विरोध गर्दछ।

पेलोसीमाथि कस्ता प्रतिबन्ध लगाइए भनेर कुनै विवरणहरू सार्वजनिक भएका छैनन् । उनको भ्रमणलाई चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई खलल पुर्‍याउने उत्तेजक कार्यको रूपमा आलोचना गर्दै बेइजिङले जलवायु परिवर्तन, सैन्य मुद्दा, लागूऔषध विरुद्धको कार्य, कागजविहीन आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्ने, सीमापार अपराध रोकथाम र वार्तालगायत आठ विशेष उपायहरूमा अमेरिकासँगको सहकार्य रोक्ने कदम चालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ