arrow

जङ्गली हात्तीको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
death photo.jpg

चितवन । पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेको थियो । 

हात्तीको आक्रमणबाट विकको मृत्यु भएको हो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ