arrow

मगज हल्लियो  

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०७९ साउन २१ शनिबार
shiva-prasad-pokharel-citizenship.jpg

नेपालमा नै जन्मिएका बाबुआमा सबै नेपाली भैसकेका, वंशजकै आधारमा नागरिकता लिएकाहरु बाबु बाजेको गतिलो व्यवसाय भएमा अथवा आय श्रोतको चिन्ता नभएका बाहेक भर्खर १२ कक्षा पास भएका अधिकांश कुन देशमा जाँदा सजिलै बसोबास गर्ने परिचय पत्र बन्छ भनेर दिन रात नभनी खटिइरहेका छन् । 

तिनका बाबु बराजुहरु नेपालमा  लामो समय बसोबास गरेका व्यक्तिलाई नागरिकता दियो भने देश पूरै डुब्छ भनेर फलाकिरहेका छन् । मगज हल्लिएकै हुनुपर्छ ।

विदेशी बुहारीलाई सात वर्ष श्रीमानसँग बसे पश्चात मात्र नागरिकता दिनुपर्छ । नत्र तिनले नेपाल सक्छिन् भनेर फलाकेको सुन्दा दिनमा कयौं पटक मगज हल्लिन्छ । 

अमेरिकामा आफ्नो पुत्रले अमेरिकन बुहारी भित्र्याउँदा १–२ वर्षमा परिचय पत्र मिल्ने वर्ष दिनमा सन्तान लाभ गरेमा सिधै उताको हुने व्यवस्था पनि छ। 

कुनै मुलुकमा श्रीमती बनेर जाने हाम्रा दिदीबहिनीहरु श्रीमानसँग दुई वर्षसँगै बसोबास गरेमा सहजै उताको नागरिक हुने व्यवस्था रहेको छ । 

हाम्रोमा  आउने बुहारीको नागरिकताको विषय किन यति जटिल बनाउनु पर्छ भन्ने सोचाइ राख्छन् । 

सहज लिनु पर्ने विषयलाई कहिलेसम्म मगज हल्लाउँदै जटिल बनाउँदै जाने ?

गाउँगाउँमा सिंहदरबार बनाएको पनि पाँच वर्ष पुगिसक्यो । त्यस अवधिमा कुन गाउँको सिंहदरबारमा कति नयाँ मानिसको घरमा विदेशी श्रीमती आए, त्यसको गणना पक्कै भएको होला । 

अनि कति मानिस कहिलेबाट नेपालमा बसोबास गरेर नागरिकताविहीन भएका छन् त्यो पनि गाउँको सिंहदरबारमा पत्ता लागिहाल्छ । 

नेपालमा नै बसोबास गरेका ठूलै संख्यामा नागरिकताविहीनहरु तड्पिइरहँदा बिना आधार झनै पीडा दिन त मिल्दैन हो । कसले मगज हल्लाइ दियो यो देशका टाउकेहरुको ?

नेपालमा हालको वर्ष जसरी नै वार्षिक ४ लाखका दरले विदेशमा मजदूरी, १ लाख जति अध्ययनको नाममा बसाइँ सराइ गर्दै जाने हो भने २० वर्षपछि काम गर्न नसक्ने पाका उमेर भएका मानिस मात्र बाँकी रहने छन् । 

उनीहरु पनि सकिएपछि देश खाली हुनेछ र त्यति बेलासम्म बहुविवाह स्वीकार गर्ने र बालबच्चा बढी जन्माउनेहरुले नेपालको भूगोल ओगट्ने छन् । नेपालमा नै जन्मिएका, नागरिकताविहीनहरुलाई सहज रुपमा नागरिकता उपलब्ध गराएर त्यसको व्यवस्थापनमा लाग्नु वेश हुनेछ । 

विश्वकै राहदानी कमजोर भएको मुलुकको नागरिकता लिएर जाने भनेको नै मजदूरीका लागि  खाडी मुलुक हो । आफ्ना सन्तानलाई भने नेपाल नचाहिने मगज हल्लिएकाहरु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ