arrow

राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौं । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो । आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ । देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पीटीआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो । 

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्त १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।  

उम्मेदवारहरूलाई अगस्त २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् । गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पीटीआईका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गरेका थिए । 

उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो । उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ