arrow

आक्रामक बन्दै चीन: ताइवानपछि कोरियाली प्रायद्वीपमा लाइभ फायर सैन्य अभ्यास गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
china-korea-yellow-sea.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिशोधमा ताइवान स्ट्रेटमा बिहीबारदेखि आजसम्म सैन्य अभ्यास गरेको चीनले हिजोदेखि पहेंलो समुद्रमा पनि सैन्य अभ्यास थालेको छ ।

चिनियाँ सेनाले शनिबारदेखि अगस्त १५ सम्म पहेँलो सागरमा प्रत्यक्ष फायर अभ्यास गर्ने जियाङ्सु प्रान्तको लियानयुङ्गाङ सामुद्रिक सुरक्षा प्रशासनले जनाएको हो ।

प्रशासनले आफ्नो वेबसाइटमा शुक्रबार दिउँसो नेभिगेशन चेतावनी प्रकाशित गर्दै हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म अभ्यास जारी रहने उल्लेख गरेको छ ।

यसले सैन्य अभ्यास हुने क्षेत्रको भौगोलिक निर्देशांकहरू जारी गर्दै सो क्षेत्रमा पानी जहाजहरुलाई प्रवेश नगर्न भनेको छ । कोरियाली प्रायद्वीप र चीनको बीचमा रहेको येल्लो सी (पहेँलो सागर) मा चिनियाँ जनमुक्ति सेनाले १५ अगस्तसम्म सैन्य अभ्यास गर्ने जनाएको हो ।

अमेरिकी सभामुखको ताइवान भ्रमणपछि जनमुक्ति सेनाले आक्रामकताको संकेत देखाउँदै सैन्य अभ्यास गर्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ