arrow

गठबन्धन सरकार देश र जनताको अभिशाप बनेर देखा पर्‍यो : एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
Padma Aryal.jpg

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पाँच दलीय गठवन्धन सरकार देश र जनताको अभिशाप बनेर देखा परेको आरोप लगाएको छ । एमालेले देशमा पाँच दलीय गठवन्धनको रजगज चलेको र गठवन्धन सरकार बनेदेखि नै देशको अवस्था दिनप्रतिदिन धराशायी बन्दै गएको पनि आरोप लगाएको छ । एमालेले आइतबार पत्रकार सम्मेलन नै गरेर सरकारमाथि यस्ता आरोप लगाएको हो । 

‘अर्थतन्त्र चौपट भएको छ । महंगी, भ्रष्टाचार र वेथितिले अआकाश छोएको छ । देशको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा पुगेको छ । विकास निर्माण ठप्प छ’, एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले भने, ‘पुँजीगत बजेटको खचए अवस्था ज्यादै दयनीय छ । पञ्चशीलमा आधारित असंलग्न नीतिको आधारशीला भत्किएको छ । गठवन्धन सरकार देश र जनताको अभिशाप बनेर देखा परेको छ ।’

अध्यक्ष शर्माले गठवन्धन सरकारले अनेक बाहनामा लुटतन्त्र मच्चाइरहेको, झ्याल–झ्यालमा मन्त्रालय राखेर संघीयताप्रति वितृष्णा फैलाउने काम गरेको आरोप लगाए । देशका सात वटा प्रदेश सरकारमध्ये गण्डकीले सबैलाई उछिन्नेगरि जनविरोधी हर्कतहरु गरेको आरोप लगाउँदै उनले सरकारको जनघाति कदमहरुप्रति खेद प्रकट गरे । 

उनले गण्डकीमा करका दरहरू निकै महँगो भएको भन्दै तत्काल फिर्ता लिन माग गरे । सरकारले करका दरमा मनपरी हेरफेर गरेको र ४२८ प्रतिशतसम्म वृद्धि गरेर नयाँ रेकर्ड कायम गरेको उनको आरोप छ । 

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले सरकारले थालेका बहुवर्षीय योजनाहरूमा राजनीतिक पूर्वाग्रह राखेर बजेट नछुट्टाएको, एक निर्वाचन क्षेत्र एक सडकलाई निस्तेज पार्न खोजेको, बजेट निर्माण सिद्धान्त विपरित गरेको र सत्तापक्षका सांसदलाई पाँच करोड बाँडेको भन्दै आपत्ति प्रकट गरिन् । मन्त्रीका आफन्तको नाममा बजेट छुट्टाएर जनताको सम्पत्तिलाई निजी बनाउन खोजेको पनि उनले आरोप लगाइन् । 

उनले केन्द्र र प्रदेश सरकारका जनविरोधी गतिविधिलाई आम जनताको माँझमा पुर्याउन र सरकारका यस्ता गलत रवैयाका विरुद्ध अभियान चलाउन मातहत कमिटी र जनसंगठनलाई निर्देशन दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ