arrow

व्यासमा मंगलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
vyas nagarpalika.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । नगरपलिकाले उक्त दिन सार्वजनिक बिदा दिएकामा परिषद्की अध्यक्ष वसुन्धरा घर्तीले धन्यवाद ज्ञापन गरे । 

कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७९/८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई जिम्मा दिने निर्णय गरेको छ ।

नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए । 

व्यास नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टर र सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा भदौ १ गतेदेखि निःशुल्क प्रदान गर्ने निर्णय गरिएको छ । 

बैठकले महालेखा परीक्षक कार्यालयबाट प्राप्त आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा छलफल गरी बेरुजु फछ्र्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ