arrow
ADVERTISEMENT

दुई इस्लामिक कमाण्डर मारिएको ५० घण्टापछि युद्ध विराम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
isreal-drone-missile-2022.jpg

काठमाडौं ।  इजरायलले गाजा आक्रमणमा दुई इस्लामिक जिहाद कमाण्डर मारिएको ५० घण्टापछि युद्ध विरामको घोषणा गरेको छ ।  इजिप्टको मध्यस्थता पछि इजरायल र  प्यालेस्टाइन दुवै युद्ध विराम गर्न सहमत भएका हुन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ बालबालिका सहित ४३ पुगेको छ । त्यहाँ तीन सयभन्दा बढी घाइते भएका छन् ।

आइतवरको आक्रमणमा इस्लामिक जिहाद कमाण्डर खालिद मन्सुर मारिएका थिए। यसअघि तैसिर जबारीको पनि हत्या भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ