arrow

युक्रेनी आणविक प्लान्टको हमला ‘आत्मघाती’ हुनेछ- राष्ट्र सङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौं । युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक प्लान्टमा युक्रेन र रुसले एक अर्कोलाई गोलाबारी गरेको आरोप लगाएपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले त्यहाँ अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जान दिन आग्रह गरेका छन् ।

विश्वको पहिलो आणविक बम विष्फोटको ७७ औं वर्षगाँठ मनाउन हिरोसिमा शान्ति स्मारक समारोहमा भाग लिएको दुई दिनपछि सोमबार जापानमा आयोजित पत्रकार सम्मेलनमा गुटेर्रेसले भने,'आणविक संयन्त्रमा हुने कुनै पनि आक्रमण आत्मघाती कुरा हो ।'

गुटेरेसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई प्लान्टमा पहुँच दिनुपर्ने बताएका छन् । 'हामी प्लान्टको स्थिरताको अवस्था सिर्जना गर्ने सम्बन्धमा आईएईका सबै प्रयासहरूमा पूर्ण समर्थन गर्दछौँ,' गुटरेसले भनेका छन् ।

युक्रेनले शनिवार नयाँ रुसी गोलाबारीले तीन विकिरण सेन्सरलाई क्षति पुर्‍याएको र जापोरिज्जिया पावर प्लान्टमा कामदारलाई चोट पुर्‍याएको बताएको छ, यो आणविक प्लान्ट साइटमा भएको लगातार दोस्रो दिनको प्रहार हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई आणविक आतङ्क छेडेको आरोप लगाएका छन् । यसले मास्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरू ल्याएको छ। 'विश्वमा त्यस्तो कुनै राष्ट्र छैन जुन आतङ्कवादी राज्यले आणविक प्लान्टमा फायर गर्दा सुरक्षित महसुस गर्न सक्छ,' जेलेन्स्कीले आइतबार टेलिभिजन सम्बोधन गर्दै भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ