arrow

श्रीलंकाली प्राध्यापक लेनागाला यसाे भन्छन् दलाइ लामाबारे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
dalai-lama.jpg

काठमाडौं । एक श्रीलंकाली प्राध्यापकले आध्यात्मिक नेताहरूमध्ये एक दलाई लामा प्रजातन्त्र र स्वतन्त्रता आफ्नो देशको लागि मात्र नभई विश्वको लागि वकालत गर्ने प्रतिमा भएको बताएका छन् ।

लामाको ८७ औं जन्मदिनमा बौद्ध र श्रीलंकाको पाली विश्वविद्यालयका प्राध्यापक लेनागाला सिरिनिवासले दलाइ लामा संसारमा सकारात्मक परिवर्तन देख्न चाहने सबैका लागि एक आदर्श उदाहरण भएको बताएका हुन् ।

दलाइ लामाले चिनियाँ आक्रामकताका कारण ७० लाखभन्दा बढी तिब्बती बौद्धहरूको आध्यात्मिक नेताको भूमिका त्यागे र ६० वर्षदेखि निर्वासन जीवन बिताइरहेको उनले बताए ।

सिरिनिवासले दलाइ लामासँग पृथ्वीमा ईश्वरीय उपस्थितिको अतुलनीय विशेषताहरू रहेको बताएका छन् । जस्तै धैर्य गुमाउनु हुँदैन, हास्यको भावना, परोपकारी झुकाव, सरल बालस्वभाव र विश्वव्यापी र राष्ट्रिय प्रतिबद्धताहरू हासिल गर्न अथक परिश्रम उनमा रहेको प्राध्यापकको भनाइ छ ।

आफ्नो निर्वासनमा उनले हासिल गरेका उपलब्धिहरू रेकर्ड गर्न कयौं पृष्ठ भरिने उनले बताएका छन् ।

उनले क्याम्ब्रिज युनियनको गोष्ठीमा आफ्नो सम्बोधनमा दलाई लामाको सरल स्वभाव प्रष्ट भएको उल्लेख गर्दै विश्वका राजधानीमा भएका उनको व्याख्यान र प्रवचनमा सहमानव मानव जातिप्रतिको दृष्टिकोण र समसामयिक विश्वप्रतिको दृष्टिकोण प्रस्टै देखिने गरेको बताए ।

चरम आक्रामकताको समयमा पनि दलाई लामाले अहिंसाको नीतिको वकालत गर्दै आएका छन् । आध्यात्मिक नेताले शान्ति, अहिंसा, विश्वव्यापी जिम्मेवारी र करुणा एवं अन्तर धार्मिक समझदारीको सन्देशका लागि सन् १९५९ यता ८४ भन्दा बढी पुरस्कार र मानार्थ डॉक्टरेट प्राप्त गरेका छन् ।

आध्यात्मिक नेता दलाइ लामाको जीवनमा तीनवटा मुख्य प्रतिबद्धताहरू छन् । पहिलोमा करुणा, क्षमा, सहिष्णुता, सन्तुष्टि र आत्म अनुशासन जस्ता मानवीय मूल्यहरूको प्रवर्द्धन समावेश रहेको सिरनिवासलाई उद्धृत गर्दै डेली मिररले उल्लेख गरेको छ ।

दोस्रोमा विश्वका प्रमुख धार्मिक परम्पराहरूबीच धार्मिक सद्भाव र समझदारीलाई प्रवर्द्धन गर्नेु समावेश रहेको उनले बताएका छन् ।

श्रीलंकाली प्राध्यापकले तिब्बती दलाइ लामाको तेस्रो प्रतिबद्धता तिब्बतको बौद्ध संस्कृतिलाई शान्ति र अहिंसाको संस्कृतिका रूपमा संरक्षण गर्ने र तिब्बतको प्राकृतिक वातावरणको संरक्षण गर्नु रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ