arrow
ADVERTISEMENT

विवाहमा जाँदै गरेको पिकअप भ्यान खोलामा खस्दा आठ जनाको मृत्यु, नौ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
accident-final-1618290232.jpg

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार बिहान पिकअप भ्यान गहिरो खाडलमा खस्दा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

दुर्घटना प्रान्तको सिआमिस जिल्लाको सिबेरियम गाउँमा भएको हो । उक्त गाडीमा छिमेकी जिल्ला मजालेङ्काका बासिन्दा सियामिसमा विवाह समारोहमा सहभागी हुन सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सियामिसका प्रहरी प्रमुख टोनी प्रसेट्यो युधाङ्कोरोले स्थानीय सञ्चारमाध्यमलाई जनाएअनुसार छ यात्रुको घटनास्थलमै र अन्य दुई जनाको नजिकैको अस्पतालमा उपचारका क्रमाम मृत्यु भएको  थियो । 

घाइते नौ जनाको भने स्थानीय अस्पताल र क्लिनिकहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने गाडीको ब्रेक फेल भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ