arrow

कटु आलोचकमाथि खनिए ट्रम्प, भने- पेलोसी ताइवानमा के गर्दै थिइन् ?

ताइवान र चीनबीच तनाव बढाएको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
nancy-pelosi-taiwan-2022.jpg

काठमाडौं ।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सभामुख न्यान्सी पेलोसी ताइवानमा के गर्दै थिइन् भनी प्रश्न गरेका छन् । 

ट्रम्प राष्ट्रपति हुँदा सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिएकी थिइन् । दुई बीच मतभिन्नता रहँदै आएको छ । दुवै फरक फरक पार्टीका हुन् । 

ट्रम्पले पेलोसीलाई अराजकतावादी महिलाको रूपमा व्याख्या गरेका छन् ।  डलासमा कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा बोल्दै डोनाल्ड ट्रम्पले भने,‘हामीले विश्वव्यापीताको बन्धनलाई तोड्नुपर्छ फ्याँक्नुपर्छ । पेलोसी ताइवानमा के गर्दै थिइन ? उसले छुने सबै कुरा परिवर्तन हुन्छ, म भन्न चाहन्न... महिलाहरूले अराजकता ल्याउँछन् र अहिले चीनमा के भइरहेको छ, चीन र ताइवानमा के भइरहेको छ ?’ 

उनकै कारण ताइवान र चीनबीच तनाव बढेको आरोप ट्रम्पले लगाएका छन् । चीनको विरोधका बाबजुद न्यान्सी पेलोसी ताइवानको यात्रा गरेकी थिइन् । यसपछि आक्रोशित चीनले ताइवानलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास सुरु गरेको थियो । चीनले ताइवानमाथि कम्तीमा ११ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ, जुन आफ्नो हवाई क्षेत्र हुँदै दक्षिण चीन सागरमा खसेको छ ।

ट्रम्पले यसअघि नै न्यान्सी पेलोसीलाई पनि उनको ताइवान भ्रमण पागलपन भन्दै निशाना बनाएका थिए । ट्रम्पले आफ्नो सोसल मिडिया साइट ट्रुथ सोसलमा लेखेका छन्, ‘यो पागल न्यान्सी पेलोसी ताइवानमा के गरिरहेकी छिन् ? उनले सधैँ कठिनाइहरू सिर्जना गर्दछ । राम्ररी केही गर्न सकिनन् ।' 

राष्ट्रपति हुँदा डोनाल्ड ट्रम्पबिरुद्ध न्यान्सी पेलोसीले दुई पटक महाभियोग प्रस्ताव गरे पनि सफल भएन । न्यान्सी पेलोसीलाई ट्रम्पको सबैभन्दा कटु आलोचक मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ