arrow
ADVERTISEMENT

रुस युक्रेन युद्ध: अमेरिकाले थप्यो १ अर्ब डलर

थप रकेट हतियार दिने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा युद्ध चर्काउन थप १ अर्ब डलरको सैन्य सहायता दिने घोषणा गरेका छन् । यो घोषणासँगै युक्रेनलाई अमेरिकी सहयोग बढेर नौ अर्ब डलर पुगेको छ ।

अमेरिकी रक्षा मन्त्रालयबाट युक्रेनको सशस्त्र बललाई रकेट, गोला बारुद र अन्य हतियारको सबैभन्दा ठूलो आपूर्ति हुनेछ।

रुसले आफ्ना सेना र हतियार युक्रेनको दक्षिणी बन्दरगाह सहरमा सार्दै गरेको विश्लेषकहरूले चेतावनी दिएका बेला अमेरिकी सहायताको घोषणा गरिएको हो। 

अमेरिकाले घोषणा गरेको नयाँ सहायतामा हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमका लागि रकेट, हजारौं तोपखाना , मोर्टार प्रणाली आदिका समावेश छन्। यी हतियारहरू रुसलाई थप युक्रेनको भूमि कब्जा गर्नबाट रोक्नको लागि महत्त्वपूर्ण हुने  अमेरिकी अधिकारीहरूको विश्वास छ । 

यता  उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख 'स्वयंसेवी' सेना सहयोग गर्ने प्रस्ताव गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ