arrow
ADVERTISEMENT

अमेरिकामा भएको विष्फोटमा ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार

काठमाडौं । अमेरिकाको इन्डियाना राज्यमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् । इभान्सभिलमा भएको घटनामा अन्य घरहरू आंशिक र पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरू पुगेका छन् भने स्थानीयहरूलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ । 

बिष्फोट झण्डै १ सय फुटको परिधिमा भएको जनाइएको छ । के कारणले बिष्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । स्थानीय समय अनुसार दिउँसो १ बजेभन्दा पहिले बिष्फोट भएको जनाइएको छ ।

प्रहरीले नजिकका सडकहरू बन्द गरेको छ । घटनामा तीन जना घाइते भएको बताइएपनि थप विवरण आएको छैन । विष्फोटका कारण उक्त क्षेत्रमा विद्युत आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो । 

दिउसो ३ बजेसम्म १६२ घरमा विद्युत् आपूर्तिमा अवरोध थियो भने त्यो अगाडि १ हजारसम्म घरमा अवरोध आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ