arrow

कांग्रेस नेता वसन्त श्रेष्ठ मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
Basanta Shrestha.jpg

स्याङजा । नेपाली कांग्रेस स्याङ्जाका नेता वसन्त श्रेष्ठ मृत अवस्थामा फेला गरेका छन् ।

वालिङ नगरपालिका वडा नं. ९ का पूर्व वडाअध्यक्षसमेत रहेका श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन भएका थिए । 

वालिङ नगरपालिका वडा नं. १३ स्थित गहाखोला सडकमा आज बिहान उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

स्थानीयले सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव भेटेका थिए ।

स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ