arrow

ताइवानमा चिनियाँ सैन्य अभ्यासलाई अमेरिकाले सामान्य मान्ने छैन- पेलोसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
Nancy-Pelosi-china-taiwan.jpg

काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानमा सैन्य अभ्यास र युद्धविमान आक्रमणको कथित 'नयाँ सामान्य' स्थितिलाई मान्यता दिन नसकिने बताएकी छिन् । पेलोसीको ताइवान भ्रमणपछि नै चीनले ताइवान वरपर सैन्य अभ्यास गरेको थियो । 

सोही सैन्य गतिविधि जारी रहने नयाँ स्थितिलाई अमेरिकाले मान्य हुन नदिने टिप्पणी पेलोसीले गरेकी हुन् । चीनले बुधबार आफ्नो एक हप्ता लामो र अभूतपूर्व सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको छ ।

'हामीले चीनमा के देख्यौं कि उनीहरूले नयाँ सामान्य स्थिति स्थापना गर्न खोजिरहेका थिए । हामी त्यो हुन दिन सक्दैनौं,' पेलोसीले बुधबार एक पत्रकार सम्मेलनमा बोल्दै भनेकी छिन् ।

चिनियाँ सैन्य अभ्यासमा संलग्न सयौं युद्ध विमानहरू, दर्जनौं नौसैनिक जहाजहरू, एक आणविक पनडुब्बी सहितको विमान वाहक समूहसहितको त्यस्ता युद्ध खेलहरु अब ताइवान स्ट्रेटमा नयाँ सामान्य हुने दाबी चिनियाँ मिडियाहरुले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ