arrow

प्रभु बैङ्क र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
prabhu-bank-dental-hospital-mou.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेड र लोकहित डेन्टल हस्पिटलकाबिच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ। बैङ्कका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र त्रिशूली लोकहित डेन्टल हस्पिटल तर्फबाट अध्यक्ष डा.गणेश साह द्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैङ्क र उक्त  प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैङ्कमा खाता खोली बैङ्किङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले लोकहित डेन्टल हस्पिटल प्रालिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ। यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी बैङ्कको विज्ञप्तिमा गरिएको छ।

उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिमा सुविधा लिन चाहने प्रभु बैङ्कका ग्राहकहरूले प्रभु बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटलका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैङ्कका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने भन्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ