arrow

पोखरा महलमा आगलागी, एक करोड बराबरको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
Aagalgi lakesideee.jpg

पोखरा । पोखरामा गएराति आगलागी भएको छ । विद्युत सर्ट भएर भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 

पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित पोखरा महलमा आगलागी भएको हो । पोखरा महलमा रहेका २० नम्बर सरटमा रहेको फेन्सी पसलमा राति करिब ९ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

आगोलागीबाट पसलमा रहेका सामानहरु जलेर नष्ट भएका छन् । पसलमा रहेका कपडा, जुत्ता, झोला, कम्प्युटर, सिसि क्यामरा लगायतका सामानहरु जलेको सञ्चालक भरत खत्रीले बताए । 

पोखरा महागनरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब ३ घण्टामा आगो नियन्त्रणमा लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ