arrow
ADVERTISEMENT

सलमान रुस्दीका यी हुन् निर्दयी आक्रमणकारी, घटनाले तर्सायो लज्जा लेखिकालाई पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
salman-rushdie-writer-attacker.jpg

काठमाडौं । शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका भारतीय मुलका ७५ वर्षे चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ । 

आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ वर्षे हाडी मटारले रुस्दीलाई चक्कु प्रहार गरेका थिए । मटारको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआजीसी) प्रति सहानुभूति देखाएको जनाइएको छ । 

मटार र आईजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ । 

रुस्दी सहभागी स्टेजमा मटार अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटार एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ । 
मटारको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरुले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ ।

यो घटनापछि लज्जा लेखिका तसलिमा नसलिनले आफ्नो जीवन पनि खतरामा रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले लज्जा लेखेकै कारण आफ्नो मुलुक बंगलादेशबाट निर्वासित हुनु परेको थियो । 

चर्चित लेखक रुस्दीमाथि आक्रमण, अवस्था गम्भीर, २० सेकेन्डमा १५ पटक गरियो छुरा प्रहार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ