arrow

चर्चित लेखक रुस्दीमाथि आक्रमण, अवस्था गम्भीर, २० सेकेन्डमा १५ पटक गरियो छुरा प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
salman-rushdie-writer.jpg
तस्बिर– फाइल

काठमाडौं । चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्यूयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । 

आक्रमणकारीलाई न्यूयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय भारतीय मुलका लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।
 
न्यूयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाई आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।

सामाजिक संजालका पोष्टहरुमा कालो लुगा र कालो मास्क लगाएको एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेको थियो । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए । 

प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।

रुस्दीमाथि गर्धनमा १५ पटकसम्म छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चाल्र्स सेभेनोरले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ