arrow

छोरोको घर हिंडेका क्षेत्री मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
death_1618213452.jpg

स्याङ्जा । स्याङ्जामा दुई दिनदेखि बेपत्ता भएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

वालिङ नगरपालिका वडा नं. ९ भुषालथोकका ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार वालिङ नपा वडा नं. १२ लामपातेस्थित छोराको घर जान्छु भनि हिंडेका क्षेत्री सम्पर्कविहीन भएका थिए । 

उनको खोजतलास गर्नेक्रममा आज लामपातेकै गोरेटो बाटो मुनि उनको शव भेटिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले जानकारी दिए । 

क्षेत्रीको शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल राखिएको र उनको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ