arrow
ADVERTISEMENT

रुसले दियाे अमेरिकासँगको द्विपक्षीय सम्बन्ध तोड्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
russia-usa-blinken-lavrob.jpg

काठमाडौं । एक वरिष्ठ रुसी अधिकारीले वाशिंगटनलाई अमेरिकी सिनेटले रूसलाई 'आतंकवादको प्रायोजक' को दर्जा दिने कानून पारित गर्याे भने कूटनीतिक सम्बन्धमा नराम्ररी क्षति पुग्ने र सम्बन्ध तोडिन सक्ने चेतावनी दिएका छन् ।

रुसी विदेश मन्त्रालयको उत्तर अमेरिकी विभागका प्रमुख अलेक्ज्याण्डर डार्चिएभले युक्रेनमा अमेरिकी प्रभाव हदसम्म बढेको र  'अमेरिकीहरू झन् झन् बढ्दो द्वन्द्वमा प्रत्यक्ष पक्ष बन्न थालेको' भन्दै यस्तो चेतावनी दिएका हुन् ।

सिधै युद्धमा संलग्न हुनबाट सावधान रहेका संयुक्त राज्य अमेरिका र युरोपले रुसी मिसाइल र युद्धविमानबाट आफ्नो आकाशलाई जोगाउने सहयोग स्वरुप नो फ्लाई जोन स्थापना गर्ने युक्रेनको अनुरोधलाई अस्वीकार  गरेका थिए ।

रुसी समाचार एजेन्सी तासका अनुसार डार्चिएभले वाशिंगटनसँगको सम्बन्ध कमजोर हुन लागेको हो कि भन्ने प्रश्नको जवाफमा भनेका छन्, 'संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमाहरूले अन्तर्राष्ट्रिय कानून र कूटनीतिक अभ्यासमा निरपेक्ष वर्जितहरूलाई कुल्चिएको अवस्थामा वर्तमान अशान्तिपूर्ण अवस्थामा के सम्भव छ र के सम्भव छैन भन्ने बारे म काल्पनिक अनुमानमा जान चाहन्न ।'

उनले अघि भनेका छन्, 'यस सन्दर्भमा म रूसलाई आतंकवादको प्रायोजक देश घोषणा गर्न कांग्रेसमा हाल छलफल भइरहेको विधायी पहललाई उल्लेख गर्न चाहन्छु। यदि (यो विधायक) पारित भयो भने यसको मतलब वाशिंगटनले नो रिटर्नको बिन्दु पार गरेको हुनेछ। द्विपक्षीय कूटनीतिक सम्बन्धलाई घटाउने वा टुट्नेसम्मका लागि गम्भीर संपार्श्विक क्षति पुग्छ। अमेरिकी पक्षलाई चेतावनी दिइएको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ