arrow
ADVERTISEMENT

आर्मेनियाको राजधानीमा शक्तिशाली विष्फोट, कयौं जना भग्नावशेषमा फसे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
armenia-blast.jpg

काठमाडौं। आर्मेनियाको राजधानी येरेभानमा रहेको खुद्रा बजारमा भएको शक्तिशाली विष्फोटमा कम्तिमा एक जनाको मृत्यु भएको र कयौं व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ।

उद्धारकर्मीहरूले भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको येरेवनका मेयरका प्रवक्ता लेभोन सरदार्यानले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई बताएका छन्।

आपतकालीन अवस्था मन्त्रालयले घटनास्थलमा १० दमकल रहेको र थप १० वटा सहरको केन्द्रबाट करिब २ किलोमिटर दक्षिणमा रहेको सुरमालु बजारतर्फ जाँदै गरेको बताएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले लगातारको बिष्फोटसहित बजारमा कालो धुवाँको बाक्लो मुस्लो फैलिएको देखाएको छ।

विष्फोटको कारण तत्काल थाहा हुन सकेको छैन्। विष्फोटमा कम्तीमा २० जना घाइते भएको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ