arrow

पेलोसी फर्किएको १२ दिनपछि थप अमेरिकी सांसदहरू ताइवानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
China-Taiwan-Conflict.jpg

काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित बनाउँदै ताइवानको भ्रमण गरेको १२ दिनपछि अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान भ्रमणमा पुगेको छ। पेलोसीको भ्रमणको जवाफमा चीनले ताइवान वरपरको समुद्र र हावामा मिसाइल, युद्धपोत र युद्धक विमानहरूसहितको सैन्य अभ्यास गरेको थियो।

म्यासाचुसेट्सका डेमोक्र्याटिक सेन एड मार्केलेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डलले एसिया भ्रमणको एक हिस्साको रूपमा आइतबार र सोमबार ताइवानमा रहेने भएको ताइवानको अमेरिकी संस्थानले बताएको छ।

उनीहरूले वरिष्ठ नेताहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी र अन्य विषयमा छलफल गर्नेछन्।

एक ताइवानी प्रसारकले ताइवानको राजधानी ताइपेईको सोङ्गशान एयरपोर्टमा अमेरिकी सरकारी विमान स्थानीय समय अनुसार बेलुका ७ बजे अवतरण गरेको भिडियो देखाएको छ।

चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ र यससँगै कुनै पनि बाहिरी संलग्नताको चीनले अस्वीकार गर्ने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ