arrow

सांसद मोहन आचार्यले एमाले रसुवा जिल्ला सदस्यसहितका नेता कार्यकर्तालाई भित्र्याए कांग्रेसमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
rasuwa-congress-2079-04-29.jpg

रसुवा । रसुवामा संघ र प्रदेशको निर्वाचन मिति घोषणासँगै पार्टीमा प्रवेश गर्नेको लहर बढ्न थालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद इन्जिनियर मोहन आचार्यले विभिन्न दल त्यागेर कांग्रेसमा आउनेलाई स्वागत गरेका छन् ।

उनकाे प्रमुख आतिथ्यमा पार्टी सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेश सदस्य प्रभात तामाङ लगायत नेताहरुको उपस्थितिमा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

एमाले जिल्ला कमिटी सदस्य सन्तबहादुर तामाङसहित माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । कालिका गाउँपालिका १ राम्चेका १४ एमालेका तथा माओवादीका ५ जना नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउँदै आचार्यले भने, ‘समृद्ध रसुवा निर्माण र देश विकास कांग्रेसले मात्र गर्ने भएकाले सबै एकजुट भएर कांग्रेस जिताउने अभियानमा लागौं ।’ 

आचार्यले पार्टी सदस्यता वितरण गरी उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

यी हुन् पार्टी प्रवेश गर्ने १९ जना-

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ