arrow

राष्ट्रपति भण्डारी पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
President-Bidhya-Devi.jpg

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छिन् । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन् । 

पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्नेछन् । उनी मङ्गलबार बिहान ८.३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्यवासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । 

उनका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो १० बजे तमुधीमा ट्होंटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौँ फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ