arrow
ADVERTISEMENT

सूर्यको आयु कति बाँकी छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
esa.jpg

काठमाडौं । खगोलविद्हरूले सूर्यको उमेरबारे एक अनुसन्धान गरेका छन् । खगोलविद्हरूले सूर्य मध्य युगबाट गुज्रिरहेको र यसको अनुमानित आयु ४.५७ अरब वर्ष रहेको बताएका छ। 

युरोपेली अन्तरिक्ष यान गायाले भर्खरै ब्रह्माण्डको सबैभन्दा सटीक नक्सा तयार गरेको छ । जसमा सौर्य मण्डलको तारा, सूर्यको विगत र भविष्यको खुलासा गरेको छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार अहिले सूर्यको आयु ४ अर्ब ५७ करोड वर्ष भएको छ । सूर्य अझै मध्यम उमेरमा रहेको र सहज अवस्थामा रहेको बताएको छ । 

सूर्यमा हाइड्रोजनलाई हेलियममा फ्युजन गरिरहेको छ भने सामान्यतया स्थिर छ। गत हप्तामा सूर्यमा १७ कोरोनल मास इजेक्शन र नौ सनस्पटहरू देखिएको थियो।

यद्यपि भविष्यमा यसको कोरमा हाइड्रोजन समाप्त हुनेछ । यसको फ्युजन प्रक्रिया परिवर्तन हुन थाल्छ र यो एक रातो विशाल तारामा परिणत हुनेछ, यसको सतहको तापक्रम घट्नेछ।

अनुसन्धानकर्ताहरूले तथ्याङ्कको विश्लेषणबाट सूर्य ८ अर्ब वर्षको उमेरमा आफ्नो अधिकतम तापक्रममा पुग्ने त्यसपछि यसको तापक्रम घट्ने र विस्तार हुन थाल्ने बताएका छन् ।

अन्ततः सूर्य ठूलो रातो तारा बन्नेछ। यसको अन्त्यको वर्णन गर्दै खगोलविद्हरूले भनेका छन् जब सूर्य १०११ अरब वर्ष पुरानो हुन्छ, यो अन्तिम बिन्दुमा पुग्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ