arrow
ADVERTISEMENT

पुटिनले भने- पश्चिमाले नेटो जस्तै प्रणाली एसियामा पनि विस्तार गर्दैछन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
reuters-photputin-o.PNG

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार पश्चिमी देशहरूले एसिया प्रशान्त क्षेत्रमा 'नेटो जस्तो प्रणाली' विस्तार गर्न खोजिरहेको बताएका छन् । मास्कोको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा स्वागत सम्बोधनका क्रममा पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संयुक्त राज्य अमेरिकाले युक्रेनमा भएको द्वन्द्वलाई तान्न खोजिरहेको आरोपसमेत लगाएका छन् । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको यस महिनाको सुरुमा ताइवानको भ्रमण पूर्ण रूपमा योजनाबद्ध उत्तेजना भएकोसमेत पुटिनको भनाइ छ ।

यसअघि हिजो पुटिनले रुस विश्वभरका सहयोगीहरूलाई उन्नत हतियार बेच्न र सैन्य प्रविधिको विकासमा सहयोग गर्न तयार रहेको बताएका छन् । रुसी राष्ट्रपति पुटिनले आफ्ना नवीनतम हतियारहरू प्रतिद्वन्द्वी राष्ट्रहरूभन्दा धेरै अग्रगामी रहेको बताएका छन् । 

उनले सोमबार मास्को बाहिर वार्षिक हतियार शोको उद्घाटनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ